ट्रम्पले चीनको आयातमा पुर्‍याए २४५ प्रतिशत भन्सार

IMG-20250416-WA0183

नयाँ दिल्ली: अमेरिकाले चीनबाट आयात हुने सामानमा थप १०० प्रतिशत भन्सार शुल्क वृद्धि गरेको छ। योसँगै अमेरिकी बजारमा चिनियाँ सामानमाथि कुल २४५ प्रतिशत भन्सार शुल्क लाग्ने भएको हो।
११ अप्रिलमा चीनले अमेरिकी सामानमाथि १२५ प्रतिशत भन्सार शुल्क वृद्धि लगाएको जवाफमा ट्रम्प प्रशासनले यो निर्णय लिएको हो। ह्वाइट हाउसले मंगलबार प्रकाशित गरेको फ्याक्टसिटमा भन्सार शुल्क वृद्धि उल्लेख छ।
चीनको प्रतिक्रिया: हामी व्यापार युद्धबाट डराउँदैनौंl
अमेरिकाले भन्सार शुल्क थप वृद्धिको घोषणा गरेपछि चीनले कडा प्रतिक्रिया दिएको छ। चीनले फेरि एकपटक अमेरिकासँग संवाद गर्नुपर्नेमा जोड दिँदै भनेको छ, ‘हामी व्यापार युद्ध (ट्रेड वार) गर्नबाट डराउँदैनौं।’
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘यदि अमेरिका साँच्चै संवाद र समझदारीको माध्यमबाट समस्याको समाधान चाहन्छ भने उसले अनावश्यक दबाब, धम्की र ब्ल्याकमेल गर्न बन्द गर्नुपर्छ। संवाद समानता, सम्मान र आपसी हितको आधारमा हुनुपर्छ।’
लिनले थपेका छन्, ‘२४५ प्रतिशत अमेरिकी भन्सार शुल्क वृद्धिमा कुन सामानमा कति कर लाग्छ भन्ने तपाईंहरू अमेरिकासँग सोध्नुहोस्। यो भन्सार शुल्क वृद्धि युद्ध अमेरिकाले सुरु गरेको हो, हामीले होइन। हामी त अमेरिकाको प्रतिक्रियाको जवाफ दिइरहेका छौं– हाम्रो कदम तर्कसंगत र कानुनी छ।’
मंगलबार अमेरिकी राष्ट्रपतिले ट्रम्पले निर्णय गर्ने पालो चीनको रहेको बताएका छन्। ‘बल चीनको कोर्टमा छ। चीनले हामीसँग सम्झौता गर्न आवश्यक छ,’ राष्ट्रपति ट्रम्पका प्रेससचिव कारोलिन लेभिटले पढेर सुनाएको विज्ञप्तिमा भनिएको छ।
यसप्रति बेइजिङको तर्फबाट लीनले बुधबार प्रतिक्रिया दिँदै भने, ‘अमेरिकाले नै यो भन्सार शुल्क युद्ध सुरु गरेको हो। चीनको अडान स्पष्ट छ कि भन्सार युद्ध वा व्यापार युद्धमा कोही पनि विजेता हुँदैन। यसको मतलब, चीन युद्ध गर्न चाहँदैन, तर परेमा यसको सामना गर्न डराउँनेछैन।’
ब्लूमबर्गको रिपोर्ट अनुसार चीन सरकारले आफ्ना एयरलाइन कम्पनीहरूलाई अमेरिकी विमान निर्माता बोइङबाट नयाँ विमान नलिन आदेश दिएको छ। साथै, अमेरिकामा बनेका विमानका पाट्र्स र डिभाइसहरूको खरिद पनि रोक्न भनिएको छ।
यो निर्णय ट्रम्प प्रशासनले चीनमाथि १४५ प्रतिशत भन्सार शुल्क वृद्धि गरेका बेला आएको थियो।
बोइङ अमेरिकाको सबैभन्दा ठूलो निर्यात कम्पनी हो र यो विश्वको तेस्रो ठूलो डिफेन्स डिलर पनि हो।
यसअघि अमेरिकालाई जवाफ दिंदै चीनले ७ थरी दुर्लभ तथा बहुमूल्य धातुको निर्यातमा पनि रोक लगाएको छ। यी धातुहरू कार, ड्रोन, रोबोट, मिसाइलजस्ता उपकरण बनाउने उद्योगका लागि अत्यन्त आवश्यक मानिन्छन्।
४ अप्रिलमा जारी आदेशअनुसार, अब यी धातुहरू र तिनबाट बनेका विशेष चुम्बक विशेष अनुमति (स्पेशल परमिट) लिएर मात्र चीनबाट निर्यात गर्न पाइनेछ।
चीनको यो निर्णयसँगै अटोमोबाइल, एयरोस्पेस र सेमीकन्डक्टर कम्पनीहरू प्रभावित हुनेछन्। यसबाट गाडी, हवाइजहाज, इलेक्ट्रोनिक चिप र हतियारहरू पनि महँगा हुनेछन्। यो निर्णयले अमेरिका मात्र नभई विश्वका थुप्रै विकसित अर्थतन्त्रहरूलाई असर पार्ने सम्भावना छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement