रगताम्मे भएको युवकको शव भेटियो

Chhetriya-Samachar-2

बागडोगरा: बागडोगराको भुट्टाबाड़ी क्षेत्रबाट एकजना युवकको रगताम्मे शव उद्धार गरिएको छ, जसले सो क्षेत्रमा सन्त्राष फैलिएको छ। मृतकको पहिचान भुट्टाबाड़ी निवासी विक्रम रायको रूपमा भएको छ।
सूत्र अनुसार स्थानीय मानिसहरूले मंगलवार बिहान भुट्टाबाड़ीस्थित फुटबल मैदान नजिक एकजना युवकको रगताम्मे शवलाई देखेका थिए। घटनाको खबर फैलिनसाथ घटनास्थलमा स्थानीय मानिसहरूको भीड़ उर्लियो। हतार-हतार घटनाको सूचना बागडोगरा थानाको पुलिसलाई दिइयो। घटनास्थलमा पुगेर पुलिसले मृतक युवकको पहिचान विक्रम रायको रूपमा गऱ्यो। भनिन्छ, विक्रमअन्य राज्यमा बसेर काम गर्दै आइरहेका थिए। तिनी केही दिनअघि मात्र घरमा फर्केका हुन। पुलिसले शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालमा पठाएको छ । अब पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement