नयाँ दिल्ली: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिंदै आएको २ अर्ब डलरभन्दा बढीको संघीय कोष रोकेको छ।
हार्वर्डले ह्वाइट हाउसको मागहरूको सूची अस्वीकार गरेकोले यसो गरिएको जनाइएको छ।
हार्वर्डको प्रतिक्रियाले अमेरिकी विश्वविद्यालय र कलेजहरूमा व्याप्त अधिनायकवादी मानसिकतालाई प्रतिबिम्बित गर्दछ,’ अमेरिकी शिक्षा विभागले एक विज्ञप्तिमा भनेको छ।
यसअघि ह्वाइट हाउसले हार्वर्डलाई मागहरूको सूची पठाएको थियो।
विश्वविद्यालय क्याम्पसहरूमा यहूदी विरोधी भावना विरुद्ध लड्न यी मागहरू तयार पारिएको बताइएको छ। यी मागहरूमा विश्वविद्यालयको प्रशासन, भर्ना र नियुक्ति प्रक्रियामा परिवर्तन समावेश थियो।
हार्वर्डले सोमबार यी मागहरूलाई अस्वीकार गरेको थियो। विश्वविद्यालयले ह्वाइट हाउसले आफ्नो समुदायमाथि नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको आरोप लगाएको थियो।









