कोलकाता: जगन्नाथ गुप्ता इंस्टीट्यूट ऑफ मेडिकल साइंसेज एंड हॉस्पिटल(जेआईएमएसएच) ले उत्तरी कोलकाताको सोदेपुरमा आफ्नो विशाल र अत्याधुनिक दोस्रो क्याम्पसको उद्घाटन गरेको छ। जेआईएमएसएच बजबजको उल्लेखनीय विरासतमा आधारित हाल याे पश्चिम बंगालको सबैभन्दा ठूलो नभ प्रमाणित अस्पताल हो जसमा १५ लाख वर्ग फिट भन्दा बढी निर्माण क्षेत्र र १०५० शैयाको सुविधा छ।
गत शनिबार आयोजित उद्घाटन ऐतिहासिक समारोहकाे अवसरमा माननीय लोकसभा सांसद अभिषेक बनर्जीको उपस्थितिसँगै यसको भव्यतालाई थप बढायो भनेे संस्थापक अध्यक्ष जगन्नाथ गुप्ता र अन्य विशिष्ट अतिथिहरूको उपस्थितिले यस महत्वाकांक्षी परियोजनाको गम्भीरता र सामाजिक प्रतिबद्धतालाई प्रतिबिम्बित गर्यो।
जेआईएमएसएच बजबजको अथाह सफलता र विशेषज्ञताको आधारमा, नयाँ जेआईएमएसएच सोदपुर, उत्तर कोलकाता
ले उत्कृष्टताको उही मापदण्ड कायम राख्दै स्वास्थ्य सेवाहरूलाई नयाँ उचाइमा पुर्याउनेछ।
१७ लाख वर्ग फिटभन्दा बढीको प्रस्तावित निर्माण क्षेत्रफलको साथ, क्याम्पस अत्याधुनिक प्रविधि, उन्नत चिकित्सा उपकरण र विश्वस्तरीय ट्रमा सेन्टरले सुसज्जित हुनेछ, जसले यस क्षेत्रमा आपतकालीन स्वास्थ्य सेवाको महत्त्वपूर्ण आवश्यकतालाई पूरा गर्नेछ।
केवल ९ वर्षको अवधिमा, जेआईएमएसएचले समाजमा गहिरो प्रभाव पारेको छ।
यो नयाँ क्याम्पस थपिएसँगै, जेआईएमएसएच समूहको अब स्वास्थ्य सेवा क्षेत्रमा बलियो उपस्थिति छ जसको कुल निर्माण क्षेत्रफल ३२ लाख वर्ग फिट भन्दा बढी छ।

जेआईएमएसएच सोदपुर, उत्तर कोलकाताको सुरुवात एक अग्रणी स्वास्थ्य सेवा प्रदायकको विस्तार मात्र होइन तर पश्चिम बंगालमा गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवातर्फको एक प्रमुख कदम पनि हो। दुई अत्याधुनिक क्याम्पसहरू र लाखौंलाई सेवा दिने अनुभवको साथ, जेआईएमएसएचले समुदायप्रति आफ्नो अटल प्रतिबद्धता र “हामी तपाईंको हेरचाह गर्छौं” भन्ने आफ्नो आदर्श वाक्यलाई थप दोहोर्याउँछ।