सिलिगुडी: शिक्षक र शिक्षाकर्मीहरूमाथि भएको पुलिस दमनको विरोधमा, दार्जिलिङ जिल्ला कांग्रेसले सिलगढी पुलिस चौकी घेराउको आयोजना गर्यो। सर्वोच्च अदालतको फैसलापछि राज्यका करिब २६,००० शिक्षक तथा शिक्षाकर्मीले जागिर गुमाएपछि शिक्षकहरूमा आक्रोश छ।
जिल्ला शिक्षा अधिकारीको कार्यालय घेराउ गरिरहेका शिक्षकहरूमाथि पुलिसले लाठीचार्ज र लात्ती प्रहार गरेपछि राज्यभर आक्रोश देखिएको छ। आज, पश्चिम बंगाल प्रदेश कांग्रेसले प्रत्येक पूलिस चौकी घेराउ गर्ने आह्वान गरेको छ र यसै अन्तर्गत, दार्जिलिङ जिल्ला कांग्रेसले आइतबार सिलगढी पुलिस चौकीमा विरोध प्रदर्शन गरेको छ।
आजको विरोध कार्यक्रमसँगै पुलिसलाई ज्ञापनपत्र पनि बुझाइएको छ। कांग्रेस अध्यक्ष शंकर मालाकरले आजको विरोध प्रदर्शनको नेतृत्व गरे र पुलिसको क्रूर कारबाहीको कडा निन्दा गरे।