हड्डी बलियो र स्वस्थ राख्न क्याल्सियम सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। तर क्याल्सियम मात्र होइन, अन्य पोषक तत्त्वको कमीले पनि हड्डी कमजोर हुन सक्छ।
के तपाईँलाई यसबारे थाहा छ? हड्डी बलियो बनाउन शरीरमा भिटामिन डी, म्याग्नेसियम, फस्फोरस र प्रोटिनजस्ता तत्त्वहरू सही मात्रा हुनु जरुरी छ। यी तत्त्वको कमीले हड्डीको संरचना कमजोर हुन्छ। अनि भाँचिनेलगायत समस्या पनि हुन सक्छन्। आज हामी यी पोषक तत्त्वको कमीले के-कस्ता समस्या उत्पन्न हुन सक्छन् भनेर चर्चा गर्दैछौँ।
भिटामिन ‘डी’को कमी
भिटामिन ‘डी’ले शरीरमा क्याल्सियमको अवशोषण बढाउन मद्दत गर्छ। यसको कमीले हड्डीमा क्याल्सियमजम्मा हुन सक्दैन। जसले गर्दा हड्डी कमजोर हुन थाल्छ। यसले ओस्टियोपोरोसिस, हड्डी दुख्ने र सुन्निने जस्ता समस्याहरू निम्त्याउन सक्छ।
म्याग्नेसियमको कमी:
म्याग्नेसियमले हड्डीको संरचनालाई बलियो बनाउँछ। हड्डीहरूलाई स्वस्थ राख्न यसले क्याल्सियमसँग मिलेर काम पनि गर्छ। यसको कमीले हड्डी कमजोर हुन सक्छ। यसले हड्डीको घनत्व घटाउँछ र जोर्नी दुख्न सक्छ।
फस्फोरसको कमी:
फस्फोरस हड्डीको संरचना र बलका लागि आवश्यक छ। क्याल्सियमसँग मिलेर यसले हड्डीहरूलाई सहारा दिन्छ। यसको कमीले हड्डी कमजोर हुन सक्छ र चाँडै भाँचिने जोखिम पनि हुन्छ।
प्रोटिनको कमी:
प्रोटिनले हड्डीका कोषहरू निर्माण र मर्मत गर्न मद्दत गर्छ। यसको कमीले हड्डीको तागत घट्छ। प्रोटिनको कमीले हड्डी भाँचिने र मांसपेशी कमजोर पनि हुन सक्छ।
त्यसो भए के खानुपर्छ?
भिटामिन ‘डी’को लागि:
घाममा समय बिताउनुहाेस्।
फोर्टिफाइड दूध र अन्न खानुहाेस्।
साल्मन र टुना आदिको सेवन गर्नुहाेस्।
म्याग्नेसियमको लागि:
पालुंगो, ब्रोकाउली जस्ता हरियो पातदार तरकारी खानुहाेस्।
बदाम र नट्सको सेवन गर्नुहाेस्।
बोक्रा नफ्याँकी अन्न खानुहाेस्।
फस्फोरसको लागि:
दूध, दही, चीज जस्ता दुग्धजन्य पदार्थ सेवन गर्नुहाेस्
मासु र माछा खानुहाेस्।
फलफूल खानुहाेस्।
प्रोटिनको लागि:
अण्डा र कुखुराको मासु खानुहाेस्।
भटमास र दाल खानुहाेस्।
दही र चिज पनि खानुहोस्।
हड्डी बलियो बनाउन क्याल्सियम मात्र होइन, भिटामिन डी, म्याग्नेसियम, फस्फोरस र प्रोटिन पनि आवश्यक हुन्छ। यी पोषक तत्वहरू सही मात्रामा प्राप्त गर्न, सन्तुलित र स्वस्थ जीवनशैली अपनाउनुपर्छ। यसबाहेक हड्डी बलियो बनाउन पोषक तात्वले भरिपूर्ण आहार खानुपर्छ। नियमित रूपमा व्यायाम र योगले हड्डी बलियो बनाउन मद्दत गर्छ। धूम्रपान र मदिरा सेवन नगर्नुस्। यी बानीले हड्डीहरूलाई कमजोर बनाउन सक्छ।
अस्वीकरणः यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो। यसले सामान्य जानकारी मात्रै दिन्छ। यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला।