दुबई: लस एञ्जेलिस २०२८ ओलम्पिकमा सामेल गरिएको क्रिकेट प्रतियोगितामा पुरुष र महिला वर्गमा ६-६ वटा टीमले हिस्सा लिनेछ। बुधवार जारी आधिकारिक कार्यक्रम अनुसार लस एञ्जेलिस ओलम्पिक २०२८-मा हुने क्रिकेट प्रतियोगिताको निम्ति प्रत्येक श्रेणी (महिला र पुरुष)-को निम्ति जम्मा ९० एथलीट कोटा निर्धारित गरिएको छ। यसरी प्रत्येक टीममा १५ जना सदस्य रहनेछन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-ले लस एञ्जेलिस ओलम्पिक २०२८-मा सामेल गरिने ६ वटा टीमको चयन टी२० अन्तर्राष्ट्रिय ऱ्याङकिंगको एउटा कटअफ् तारिखको आधारमा गरियोस् भन्ने सल्लाह दिएको थियो। यसबारे चाहिँ अहिलेसम्म अन्तिम फसेला लिइएको छैन तर यस सालको अन्तसम्म यसबारे फसेला लिइने सम्भावना छ। आयोजक देशको रूपमा अमेरिकाले सीधा क्वालीफाई गरे क्वालीफिकेशनको निम्ति उपलब्ध स्लटको संख्या कम्ती हुनेछ। यसबाहेक वेष्ट इण्डिजबाट कसले प्रतिनिधित्व गर्नेछ भन्ने पनि प्रश्न रहेको छ कारण क्यारेबियन द्वीपहरूले ओलम्पिक खेलहरू (कमनवेल्थ गेम्समा पनि) अलग-अलग देशको रूपमा हिस्सा लिने गर्छ। उल्लेखनीय छ, क्रिकेटलाई ओलम्पिक खेलहरूमा सामेल गर्न अक्टोबर २०२३-मा मुम्बईमा भएको अन्तर्राष्ट्रिय ओलम्पिक समितिका सदस्यहरूले स्वीकृति दिएका थिए। यसअघि एकमात्र १९००-को पेरिस ओलम्पिकमा क्रिकेट खेलिएको थियो।