गाजाको ठुलो हिस्सा कब्जा गरिरहेछ इजरायल, २३ को गयो ज्यान

IMG-20250410-WA0144

नयाँ दिल्ली: युद्धविराम सम्झौता समाप्त भएदेखि नै इजरायलले गाजामा निरन्तर हवाई आक्रमण गरिरहेको छ। अब इजरायलले गाजाको ठुलो क्षेत्र कब्जा गर्न थालेको छ।
इजरायलले फेरि एक पटक गाजाका आवासीय भवनमाथि आक्रमण गरेको छ। यसमा २३ जनाको मृत्यु भएको छ । आफ्ना सैनिकहरूले गाजाको ठुलो क्षेत्र ओगटेको इजरायली रक्षामन्त्री इजरायल काट्जले भनेका छन्। ‘ठुला क्षेत्रहरू कब्जा गरिँदै छन् र इजरायलको सुरक्षा क्षेत्रहरूमा गाभिरहेका छन्, जसले गर्दा गाजा सानो र एक्लो हुँदै गइरहेको छ।’ दक्षिणी शहरहरू रफाह र खान युनिस बिचको मोराग करिडोरको भ्रमणको क्रममा बोल्दै काट्जले भनेका थिए। बन्धक बनाइएकाहरूलाई रिहा नगरिएसम्म इजरायलले गाजामाथि दबाब बढाउन आक्रमण जारी राख्ने पनि उनले बताए। 
‘हामी हमासलाई पराजित नगरेसम्म आराम गर्ने छैनौँ।’ अझ अगाडि उनले भने। इजरायलले स्वैच्छिक बसाइँसराइ योजनालाई प्रोत्साहन गरिरहेको र यस विषयमा काम भइरहेको पनि उनले बताए। 
शिजा्ययाह क्षेत्रमा भएको थियो आक्रमण:
इजरायलले गाजाको शिजा्ययाह क्षेत्रमा रहेको आवासीय भवनमा भारी आक्रमण गरेको छ। गाजा स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा आठ महिला र आठ बालबालिका रहेको उल्लेख छ। 
यो आक्रमण शिजय्याहबाट आक्रमण गरिरहेका एक वरिष्ठ हमास नेतालाई लक्षित गरी गरिएको इजरायले सेनाले भनेको छ। मानिसहरू अझै पनि भग्नावशेषमुनि फसेको गाजाको नागरिक रक्षा एजेन्सीले बताएको छ। हमासले इजरायली आक्रमणको निन्दा गरेको छ। 
यस्तो छ इजरायलको माग: 
गत महिना भएको शान्ति सम्झौता इजरायलले तोडेको छ। बाँकी २४ बन्धकहरूको रिहाइको साथै हमासलाई हतियार त्याग्न सैन्य दबाबको माग पनि उसले गरिरहेको छ। आफ्ना मागहरू पूरा भएपछि गाजाको अधिकांश जनसङ्ख्यालाई अन्य देशहरूमा पुनर्वास गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव कार्यान्वयन गर्ने प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले बताएका छन्। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement