नयाँ दिल्ली: दक्षिण कोरियाली अधिकारीहरूले यस हप्ता अन्तर्राष्ट्रिय ओलम्पिक समितिको मुख्यालयको भ्रमणका क्रममा सन् २०३६ को ग्रिष्मकालीन खेलहरू आयोजना गर्न देशको ‘दृढ इच्छाशक्ति’ व्यक्त गरेको खेलकुद प्रमुखहरूले बुधबार बताएका छन्। फेब्रुअरीमा उत्तर जियोला प्रान्त र यसको राजधानी जियोन्जुले सन् २०३६ मा ओलम्पिक आयोजना गर्ने दौडमा दक्षिण कोरियाको उम्मेद्वारका रूपमा सियोललाई हराएका थिए। कोरियाली खेलकुद तथा ओलम्पिक कमिटी (केएसओसी) का अध्यक्ष यु्र सेउङ-मिनको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले मंगलबार लुजानमा आइओसीका निवर्तमान प्रमुख थोमस बाखसँग भेटवार्ता गरेको थियो।
‘यु्र र उहाँका सहकर्मीहरूले सरकार, खेलकुद समुदाय र स्थानीय सरकारसँग ओलम्पिक आयोजना गर्न दृढ इच्छाशक्ति रहेको कुरा प्रस्तुत गर्नुभएको छ,’ केएसओसीले एक विज्ञप्तिमा भनेको छ, ‘विशेषगरी उहाँहरूले जियोन्जुको ऐतिहासिक र सांस्कृतिक सम्पदा र दिगो पूर्वाधारमा आधारित आयोजक शहरका रूपमा उपयुक्ततामा जोड दिनुभयो।’
सियोलले सन् १९८८ मा ग्रिष्मकालीन ओलम्पिक आयोजना गरेको थियो। धेरै देशले सन् २०३६ का खेलहरू आयोजना गर्न चासो व्यक्त गरेका छन्। तिनीहरूमध्ये भारत र दक्षिण अफ्रिका जस्ता सम्भावित पहिलो पटकका आयोजकहरू पनि छन्।