अमेरिकाले ९ लाख आप्रवासीको अनुमतिपत्र रद्द गर्‍यो, तुरुन्तै देश छोड्न आदेश

IMG-20250410-WA0094

नयाँ दिल्ली: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एकैचोटि नौ लाख आप्रवासीहरूलाई झट्का दिएको छ। यी आप्रवासीहरू बाइडेन प्रशासनको समयमा सुरु गरिएको सीबीपी वन एप नीति अन्तर्गत अमेरिका आएका थिए
ट्रम्प प्रशासनले यो नीति उल्टाएर ती आप्रवासीहरूको कानुनी अनुमति रद्द गरेको छ। उनीहरूलाई तुरुन्तै अमेरिका छोड्न भनिएको छ। जनवरी २०२३ देखि गत वर्षको डिसेम्बरसम्म, ९ लाख ३६ हजार ५०० मानिसहरू सीबीपी वन एपको प्रयोग गरेर मेक्सिकन सीमाबाट अमेरिका छिरेका थिए।
उनीहरूलाई दुई वर्षसम्म अमेरिकामा काम गर्न पाउने गरी बस्ने अनुमति दिइएको थियो। ट्रम्प प्रशासनको गृह सुरक्षा मन्त्रालयले अमेरिकी जनता र देशको सिमाना सुरक्षित राख्न यी अनुमति अब खारेज गरिएको बताएको छ।
यो एपमार्फत अमेरिका छिरेका मानिसहरूलाई इमेल मार्फत अनुमति रद्द गरिएकोबारे सूचित गरिएको अधिकारीहरूले पुष्टि गरेका छन्। तर कतिले त्यस्तो जानकारी पाएका छैनन् भनेर कुनै जानकारी दिइएको छैन। यी सबैलाई आफैँ अमेरिका छोड्न भनिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement