चीन-अमेरिका कर विवाद: चीनले भन्यो:- अमेरिकी ‘ब्ल्याकमेल’ स्वीकार छैन, अन्त्यसम्म लड्छौं

IMG-20250408-WA0263

नयाँ दिल्ली: चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप ५० प्रतिशत भन्सार कर लगाउने धम्की दिएकोमा कडा आपत्ति जनाएको छ।
सोमबार ट्रम्पले  चीनले अमेरिकी सामानमा आयात शुल्क लगाउने निर्णय फिर्ता नलिए चीनमाथि थप ५०% कर लगाउने बताएका थिए।
ट्रम्पको भनाइको जवाफमा चीनको वाणिज्य मन्त्रालयले अमेरिकी ‘ब्ल्याकमेल’ स्वीकार नगर्ने र यसविरुद्ध अन्त्यसम्म लड्ने बताएको छ।
विश्लेषकहरूले पछिल्ला घटनाक्रमले विश्वका दुई ठूला अर्थतन्त्रहरू बीच व्यापार युद्धको सम्भावना बढेको बताएका छन्।
चीनको वाणिज्य मन्त्रालयले अमेरिकाको ब्ल्याकमेल कहिल्यै स्वीकार नगर्ने बताएको छ। मन्त्रालयले अमेरिकी करविरुद्ध अन्तिमसम्म लड्न तयार रहेको पनि बताएको छ।
वाणिज्य मन्त्रालयले ५०% थप भन्सार शुल्क लगाउने धम्कीलाई अमेरिकाको “एकपछि अर्को गल्ती” भनेको छ।
मन्त्रालयले यो समस्या समाधान गर्न, ट्यारिफ योजनाहरू स्थगित गर्दा दुई देशहरू बीच वार्ता गरिनुपर्ने जनाएको छ।
ट्रम्पको पछिल्लो भनाइप्रति चीनको सरकारी सञ्चारमाध्यमले पनि कडा प्रतिक्रिया जनाएको छ।
चीनको कम्युनिष्ट पार्टीको अखबार द पिपल्स डेलीले चीनले चालेका कदमहरू ‘न्यायसंगत र कानुनी सीमा’ भित्र रहेको लेखेको छ।
पिपुल्स डेलीले ट्रम्पको व्यापार युद्धको प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ।
‘अमेरिकाले चीनसँग एकपक्षीय व्यापार युद्ध सुरु गरेको एक वा दुई वर्ष भइसकेको छ,’ उक्त पत्रिकाले लेखेको छ, ‘तर नतिजा के भयो? 
दबाबका बाबजुद पनि चीनको व्यापार राम्रो भएको छ। चिनियाँ अर्थतन्त्र सधैं विकासतर्फ अघि बढिरहेको छ। यसको विपरीत, अमेरिका आफ्नो व्यापार घाटा कम गर्न असफल भएको छ।’
चीनले पारस्परिक शुल्कको दाबीलाई आधारहीन र डरलाग्दो मनोवृत्तिको रूपमा वर्णन गरेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार चीनबाट आउने सामानहरूमा थप ५० प्रतिशत कर लगाउन सक्ने बताएका थिए।
उनले यदि चीनले अमेरिकी सामानमा ३४% आयात शुल्क लगाउने आफ्नो घोषणा फिर्ता नलिएमा उनले यो कदम चाल्ने जनाएका थिए।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले विश्वभरका देशहरूसँग वार्ता गर्नका लागि कर लगाउने निर्णयलाई स्थगित नगर्ने बताए।
ट्रम्पले पहिले नै चिनियाँ सामानहरूमा ५४% आयात शुल्क लगाइसकेका छन्। यसबाहेक ५०% थप ट्यारिफको कुराले परिस्थितिलाई अझ जटिल बनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement