फुलबारी: भयानक सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। यो घटना आज बिहान सिलगढी-जलपाइगुडी राष्ट्रिय राजमार्गको फुलबारीको जोतियाकाली मोडमा भएको हो। स्थानीय स्रोतका अनुसार चम्पासरी क्षेत्रबाट दुई महिला स्कुटरमा जोतियाकालीस्थित एक निजी अस्पतालमा आफन्तलाई भेट्न जाँदै थिए। त्यसपछि जोतियाकालीमा एउटा ग्यास ट्याङ्करले स्कुटरलाई ठक्कर दियो। ठोक्किँदा दुवै महिला सडकमा लडे। ती मध्ये एक जनालाई ट्याङ्कर ट्रकले किचेर घटनास्थलमै मृत्यु भयो। अर्की एक महिला पनि घाइते भएकी छिन्।
यसैबीच, दुर्घटनाको खबर फैलिएपछि आक्रोशित भीडले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेको छ। स्थिति नियन्त्रणमा लिन एनजेपी पुलिस चौकीका पुलिस र फुलबारी राजमार्ग ट्राफिक चौकीबाट ठूलो संख्यमा पुलिस टोली घटनास्थलमा पुगेको थियो।
स्थिति नियन्त्रणमा लिन पुलिसले लाठीचार्ज पनि गर्नुपरेको थियो। पछि पुलिसको हस्तक्षेपमा जाम हटाइयो। यस क्षेत्रमा बेलाबेलामा दुर्घटना भइरहन्छन्। त्यसैले स्थानीय जनताले यस क्षेत्रमा ट्राफिक पुलिसको कडा सुरक्षाको माग गरिरहेका छन्।