सिलगढी: बिरामी देखेर घर फर्कने क्रममा सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। यो घटना मंगलबार राष्ट्रिय राजमार्ग ३१ मा फुलबारीसँगै रहेको जटियाकालीमा भएको हो। घटनापछि सम्पूर्ण क्षेत्रको वातावरण तताइएको थियो। स्थिति नियन्त्रण गर्न पुलिस घटनास्थलमा पुग्दा आक्रोशित भीडले पुलिसको गाडीलाई रोकेर विरोध प्रदर्शन जारी राखेको थियो। मंगलबार बिहान सिलगढीका दुई महिला फुलबारीको अस्पतालमा बिरामी देखेर स्कुटरमा घर फर्किरहेका थिए।
तर, स्कुटर राष्ट्रिय राजमार्ग नम्बर ३१ मा फुलबारीसँगै रहेको जटियाकाली मोडमा पुग्दा स्कुटर ग्यास ट्याङ्करसँग ठोक्कियो। यस घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भयो। घटनाको जानकारी पाएपछि फुलबारी राजमार्ग ट्राफिक चौकी र नयाँ जलपाईगुडी पुलिस चौकीका पुलिस घटनास्थलमा पुगे। शव बरामद गरी पोस्टमार्टमको लागि अस्पताल पठाइएको छ।