नगरमा फेरि अवैध निर्माणविरुद्ध कारबाही

Chhetriya-Samachar-2

सिलगढी: सिलगढी नगर निगमले फेरि अवैध निर्माण विरुद्ध अभियान सुरु गरेको छ। आज सिलगढीको वार्ड नम्बर ३९ को हैदरपाडा मार्केटको छेउमा रहेको इलाकामा अवैध निर्माण भत्काइएको छ।
हैदरपाडा बजार नजिकैको एक घर अगाडि अवैध रूपमा फलामले केही निर्माण गरिएको बताइएको छ। घरधनीलाई यसो विषय केही दिनअघि सूचना दिइएको थियो। तर घरधनीले सुनेनन्।
त्यसैले आज अवैध निर्माण भत्काइएको हो। अवैध निर्माण भत्काउने क्रममा कुनै अप्रिय घटना हुन नदिन भक्तिनगर पुलिस चौकीबाट ठूलो संख्यामा पुलिस परिचालन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement