अलिपुरद्वार: चिया बगान क्षेत्रमा जंगली हात्तीको आतंक रोकिएको छैन। आजकाल हात्तीको आतंकका कारण कालचीनी ब्लकको मेचपाडा चिया बगानका मजदुरहरु आतंकमा बाँच्न बाध्य छन्।
अबेर राति बक्सा टाइगर रिर्जाभ जंगलबाट जङ्गली हात्ती मेछपाडा चियाबारीमा प्रवेश गरी चिया बगानको पक्का लाइन, श्रमिक मोहल्लालगायतका विभिन्न क्षेत्रमा तनाब मच्चाएको छ।
गाउँमा हात्ती आएपछि मजदुरहरुले पटाका फाटेर र टिनको डब्बा बजाएर हात्तीलाई जंगलतर्फ लैजान खोजे। घटनाको जानकारी पाउनासाथ वन कर्मचारीहरु घटनास्थल पुगे। वनकर्मीको धेरै प्रयासपछि हात्ती जंगलतर्फ गयो। तर यो घटनाले क्षेत्रका बासिन्दा ठूलै त्रासमा छन्।