चिया बगानको ३० प्रतिशत जग्गा अन्य प्रयोजनमा प्रयोग गरेको विरोधमा चिया मजदुर युनियनको आन्दोलन जारी  

IMG-20250403-WA0188

जलपाईगुडी: चिया बगानको ३० प्रतिशत जग्गा अन्य प्रयोजनमा प्रयोग गरेको भन्दै चिया मजदुर युनियनले लगातार गेटबैठक र बैठक गर्दै आएको छ। प्रदेश सरकारले चिया बगानको ३० प्रतिशत जग्गा पर्यटन र अन्य प्रयोजनका लागि दिने सूचना दिएको छ। 
सरकारले जारी गरेको परिपत्र फिर्ता लिई घोषणा गरेको न्यूनतम पारिश्रमिक तत्काल तिर्नुपर्ने माग राख्दै तराईको हासखोवा चियाबारीमा लगातार आन्दोलन सुरु भएको छ।
चिया बगानका मजदुरहरुले बुधबारदेखि गेट मिटिंग गर्ने भएका छन्।
चिया बगान मजदुरहरुको आन्दोलन बिहीबार पनि जारी छ।


चिया मजदुर युनियन केन्द्रीय समितिका नेता सर्वन चिक बडाइकले चिया खेती गर्ने निकाय डिबिआइटिए साथै टिपाई, जलपाईगुडी, दार्जिलिङ, कालिम्पोङ र अलिपुरद्वारका जिल्ला मजिस्ट्रेट र पुलिस अधीक्षकहरू साथै श्रम आयुक्तको कार्यालयलाई पत्र मार्फत सम्बन्धित मागहरू अवगत गराइसकिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement