सिलगढीदेखि गान्तोकसम्म विद्युतीय बस चलाइने

IMG-20250402-WA0250(1)

सिलगढी: तीन वर्षपछि पश्चिम बंगाल र सिक्किम यातायात विभाग बीच पारस्परिक सम्झौतामा हस्ताक्षर हुन लागेको छ। यो सम्झौताबाट दुवै प्रदेशका सरकारले दुवै प्रदेशमा सरकारी र निजी सवारी साधन आवागमनका लागि धेरै नयाँ पहल गर्न लागेको हो। आपसी सहमतिका लागि बुधबार सिलगढीस्थित स्टेट गेस्ट हाउसमा उच्चस्तरीय बैठक बसेको थियो। बैठकमा पश्चिम बंगालका यातायात मन्त्री स्नेहाशिष चक्रवर्ती, यातायात सचिव सौमित्र मोहन, सिलगढी मेयर गौतम देव, पुलिस आयुक्त सी सुधाकर, सिक्किम यातायात सल्लाहकार मदन सेन्चुरी, यातायात आयुक्त राज यादव र दुबै राज्यका यातायात सचिव, जिल्ला र पुलिस प्रशासनका अधिकारीहरू उपस्थित थिए।

यसअघि दुई प्रदेशबीच ३ हजार यात्रुवाहक सवारी साधन आवतजावत गर्ने गरेका थिए। पर्यटक तथा यात्रुको बढ्दो मागका कारण दुवै राज्यमा यो संख्या बढेर ४५०० पुगेको छ। यसका साथै आगामी दिनमा दुवै राज्यमा १०/१० वटा विद्युतीय बस सञ्चालन गर्ने पहल गरिएको छ। यसका लागि दुवै राज्यले पूर्वाधार विकासमा जोड दिनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement