सिलगढी: गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा भक्तिनगर पुलिस थानाले छापा मारेर पाँच बदमाशलाई पक्राउ गरेको छ। भक्तिनगर पुलिसले गएराति सिलगढीको हैदरपाडा मार्केट कम्प्लेक्स क्षेत्रमा छापा मारेको बताइएको छ।
पुलिसले गए राति हैदरपाडा मार्केट कम्प्लेक्स क्षेत्रमा करिब दशजनाको समूहले लुटपाट गर्ने योजना बनाएको गोप्य स्रोतबाट सूचना पाएको थियो।
गोप्य स्रोतबाट यो जानकारी प्राप्त हुनासाथ भक्तिनगर पुलिस चौकीले छापा मार्न थाल्यो। तर, पुलिस कारवाहीको हावा लागेपछि धेरैजना भाग्न सफल भए पनि पुलिसले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लक्ष्मण राउत, साधन सरकार, बप्पा रोय, मनिष गजमेर र रवि प्रधान रहेका छन्। पक्राउ हुनेमा लक्ष्मण राउत र साधन सरकार रहेका छन् जसको घर वॉर्ड नम्बर ४१ शास्त्रीनगर हो।
बप्पा रोयको घर वैकुण्ठपल्ली हो भनेे मनिष गजमेरको घर सालुगाडा हो। रवि प्रधानको घर छोटा फापरी क्षेत्रमा छ।
पक्राउ परेकाहरुलाई आज जलपाईगुडी अदालतमा पठाइएको छ। पक्राउ परेकाहरुलाई सोधपुछ पश्चात् भक्तिनगर पुलिसले बाँकी अभियुक्तहरुको खोजी सुरु गरेको छ।