करोडौंको कर रिटर्न घोटाला, जलपाईगुडीबाट चुरोट व्यवसायी पक्राउ

WhatsApp-Image-2025-04-02-at-18.47.04

सिलगढी: सिजिएसटि टोलीले कर रिटर्नमा ३७.२९ करोड रुपैयाँ छल गरेको आरोपमा आज एक चुरोट व्यापारीलाई पक्राउ गरी सिलगढी अदालतमा पेश गरेको छ। पक्राउ पर्नेमा ४६ वर्षीय सन्तोषकुमार साह रहेका छन्। उनी जलपाईगुडीका बासिन्दा हुन्। जानकारीका अनुसार सन्तोषले बुद्ध साहको नाममा कम्पनी चलाउँछन्। सन्तोषले तीन वर्षमा कम्पनीको २६६ ट्रकबाट आउने चुरोटको नक्कली कागजपत्र तयार गरी सरकारलाई ३७ करोड २९ लाख रुपैयाँ ठगी गरेको आरोप छ। यस प्रकरणको अनुसन्धान गर्दै, सिजिएसटि टोलीले सोमबार जलपाईगुडीबाट चुरोट व्यापारी सन्तोषलाई पक्राउ गरेको थियो। तर, मंगलबार अदालतमा हाजिरी हुँदा व्यवसायीको स्वास्थ्य बिग्रियो। सोही कारण उनलाई माटिगाड़ा स्थित गैरसरकारी अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि आज उनको स्वास्थ्यमा सुधार आएपछि सीजीएसटी टोलीले व्यापारीलाई सिलगढी अदालतमा पेश गरेको थियो। जहाँ दुवै पक्षको तर्क सुनी अदालतले आरोपितलाई अप्रिल १६ सम्म न्यायिक हिरासतमा राख्न निर्देशन दिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement