ट्याक्टर र मोटरसाइकल ठोक्किँदा तीनजना घाइते 

IMG-20250402-WA0252

सिलगढी: खोरीबारीको बुरागञ्जबाट मोटरसाइकलमा सवार तीन जना कामको सिलसिलामा नक्सलबारी तर्फ आउँदै थिए, यसैबीच विपरीत दिशाबाट बालुवा बोकेको ट्रयाक्टर बुरागञ्जतर्फ गइरहेको थियो। नक्सलबारीको रथखोला क्षेत्रमा अर्को मोटरसाइकल गुज्र्दा दुवै एक आपसमा ठोक्किएको हो। घटना देख्नेबित्तिकै घाइते मोटरसाइकल चालकलाई उद्धार गरी नक्सलबारी अस्पताल पठाइएको थियो। यहाँ उनको अवस्था गम्भीर देखिएपछि उनलाई उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाइएको थियो। घाइते हुनेमा राईमाटी, बुरागञ्ज, खोरीबारीका सुबोध सिंह, हरिपद सिंह र बकुल सिंह रहेका छन्। अर्कोतर्फ खबर पाएलगत्तै नक्सलबारी पुलिस र ट्राफिक पुलिस घटनास्थल पुगेका थिए। घटनापछि ट्याक्टर चालक फरार छन्। नक्सलबारी पुलिस चौकीले घटनाको सम्पूर्ण अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement