उत्तर दिनाजपुर: अब खोलाबाट पनि बन्दुकका कार्तूस निस्कन थालेका छन्। मंगलबार बिहान उत्तरी दिनाजपुर जिल्लाको इस्लामपुर थानाको खबरगाउँ क्षेत्रमा खोलामा कारतूस भेटिएपछि सनसनी फैलिएको छ।
स्थानीय स्रोतका अनुसार आज बिहान खबरगाउँ क्षेत्रको दलाँचा खोलामा केही बालबालिका
नुहाउन गएका थिए।

खोलामा नुहाउने क्रममा उनले कारतूस फेला पारे र स्थानीय बासिन्दाहरूले ती कारतूसहरूसँग बच्चाहरू खेलिरहेको देखे।
यी कारतूसहरू कसैले नदीमा फालेको हुनसक्ने धेरैको विश्वास छ। तर, कारतूस कसले र किन फालेको भन्ने खुल्न सकेको छैन।










