सिलगढी: सिलगढी डिभिजन अन्तर्गत फांसीदेवाका दुई युवाको एक दर्दनाक सडक दुर्घटनामा मृत्यु भएको छ। मृत्यु हुनेको नाम सुजोय विश्वास र शुभदीप मण्डल रहेको छ।
आज बिहान दुवै युवा तरकारी बोकेर फांसीदेवाबाट सिलगढी आउँदै गरेको बताइएको छ। तरकारी लिएर सिलगढीमा आफ्नो घर फर्कने क्रममा एशियन हाइवेमा कावाखली नजिकै विपरीत दिशाबाट आएको कन्टेनरले दुवैलाई ठक्कर दिएको हो।

एक जनाको घटनास्थलमै मृत्यु भयाे। अर्कालाई उत्तर बंगाल मेडिकल कलेज र अस्पताल लगियो, जहाँ उनको पनि मृत्यु भयो।
मृतक दुवै युवाको घर फांसीदेवा क्षेत्रमा रहेको छ।