अलिपुरद्वार: अलिपुरद्वारको कलेज होल्ट मोडमा आज आगलागी भएको छ।
आज बिहान एउटा दाेकानको पछाडि अचानक आगलागी भएको हो। आगलागी देखेपछि स्थानीयले नै आगो निभाउन सुरु गरेका थिए। खबर पाएलगत्तै दमकलको टोली पनि घटनास्थलमा पुगे र निकै प्रयासपछि आगो नियन्त्रणमा लिन सफल भए।

यस घटनामा कुनै हताहतीको खबर आएको छैन।