जोगियो बालबालिकाको ज्यान
सिलगढी: शहरमा आज ठूलो दुर्घटना हुनबाट जोगिएको छ।
सिलगढीको जलपाईमोड इलाकामा गुडिरहेको एक निजी विद्यालयको बसको पाङ्ग्रा खुस्किएको छ। सिलगढीबाट फुलबारीस्थित निजी विद्यालयमा स्कुलका विद्यार्थीहरू लिएर जाँदै गरेको बस जलपाई चौरास्ता नजिकै एक्कासी बसको पछाडिका दुई पाङ्ग्रे गाडीबाट निस्कियो। जसका कारण बसमा सवार विद्यार्थीहरुमा त्रास फैलिएको छ। बसमा १७ जना विद्यार्थी सवार थिए। यो घटना देखेर स्थानीयवासी तुरुन्तै घटनास्थल पुगेका थिए।

पुलिस पनि घटनास्थल पुग्यो। विद्यार्थीको ज्यान जोगियो। कुनै हताहतीको खबर छैन। बालबालिकालाई सामान्य चोट लागेको छ।