रेलको धक्काले बालिकाको‌ निधन भएपछि खरसाङ रेलवे स्टेशनमा न्यायको मांगमा‌ स्थानीयहरुद्वारा धरणा प्रदर्शन

IMG-20250401-WA0214

खरसाङ: हिजो खरसाङमा ट्रोय ट्रेनको धक्काले बालिका गम्भीर घाइते बनेपछि घाइते बनेकी बालिका सिलगढीको निजी नर्सिङ होममा उपचारको क्रममा राती निधन भएपछि आज बिहानदेखि स्थानीयहरुले खरसाङ रेलवे स्टेशनमा धरणा प्रदर्शन गरिरेहका छन्। खरसाङको‌ मकैबारी चियाबारीको कैलापानी निवासी बालिकाको निधन भएपछि बालिकाले न्याय पाउनु पर्ने मांगमा स्थानीयहरुले खरसाङ रेलवे स्टेशन परिसरमा बिहानदेखि धरणा प्रदर्शन गरिरहेका छन्।

स्थानीयहरुले गरिरहेको धरणा प्रदर्शनलाई समर्थन गर्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा पनि खरसाङको रेलवे स्टेशनमा उपस्थित रहेका छन्। उनीसितै खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिशप चौधरी, खरसाङ नगरपालिकाकोे चेयरम्यान ब्रिगेन गुरुङ भाइस चेयरम्यान सुवास प्रधान, सभासद श्याम शेर्पा, नुरी शेर्पा, लगायत अन्यहरु उपस्थित रहेका छन्।

बालिकाको निधनलाई लिएर खरसाङ रेलवे स्टेशनमा सभा सम्पन्न भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement