खोरीबारी: खोरिबारी नक्सलबारीलगायत सीमा क्षेत्रमा रहेका मुस्लिम समुदायले सोमबार नमाज पढेर इदको शुभकामना दिएका छन्। नक्सलबाडीको रथखोला इदगाहमा मुस्लिम समुदायले नमाज पढेर एक अर्कालाई इदको शुभकामना दिए। नक्सलबाडी रथखोला इदगाह कमिटीका मजिबुर रहमानले इदको दिन मुस्लिम समुदायका मानिसहरु नयाँ लुगा लगाएर एकअर्काको घरमा आउने गरेको र मिठाई र उपहार बाँड्ने बताए। यस दिन सबै ठुलाले आफ्ना सानालाई ईदी उपहार दिन्छन्। इदको अवसरमा सबै मुस्लिम समुदायका घरघरमा शाही परिकार बनाइन्छ। खोरिबारीमा पनि हर्षोल्लास, भ्रातृत्व, शान्ति र सादगीका साथ इद मनाइएको छ। यस क्रममा उनले देशमा शान्ति र प्रगतिको लागि अल्लाहसँग प्रार्थना गरे।