सिलगढी: सलुगाडा रेन्ज अफिस अन्तर्गत बंगाल सफारी पार्कको अगाडिको जंगलमा दाउरा संकलन गर्ने क्रममा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। बङ्गाल सफारी नजिकैको सिङ्गीझारा ब्रिकवर्क्स क्षेत्रमा उक्त घटना भएको हो। व्यक्तिको नाम नरेश उराँव हो र उनको उमेर करिब ५५ वर्ष हो। सूचना पाएपछि सिलगढी महानगरीय पुलिसको भक्तिनगर थानाका पुलिस र वन रेंजर्स घटनास्थलमा पुगेका थिए। पुलिसले शव बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको छ।