मालदा: जीआरपीले करोडौं रुपैयाँको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई पुलिसले हिरासतमा राखेर आज मालदा जिल्ला अदालतमा पेश गरेको छ। पक्राउ परेकाहरुको नाम मोहम्मद बसीर र गुड्डु कुमार रहेका छन्। दुवै बिहारका बासिन्दा हुन्। जीआरपी पुलिस स्टेशन स्रोतका अनुसार जीआरपी पुलिस स्टेशनले मालदा टाउन स्टेशनको प्लेटफर्म नम्बर २ बाट हिजो राति दुई जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुको साथबाट ३३७ ग्राम ब्राउन सुगर र ४३८ ग्राम याबा ट्याब्लेट बरामद भएको छ।