जलपाईगुडी: इस्लाम समुदायको पवित्र पर्व ईदको अवसरमा तृणमूल कांग्रेसले खाँचोमा परेकाहरूलाई लुगा वितरण गरे। यो कपडा बितरण कार्यक्रम राजगंज ब्लक तृणमूल कांग्रेस अध्यक्ष सर्वनी धाराको पहलमा र राजगंज ब्लक तृणमूल कांग्रेसको सहयोगमा आयोजित गरिएको थियो। जहाँ विधायक खगेश्वर रायले क्षेत्रका दुई सयभन्दा बढी खाँचोमा परेकाहरुलाई नयाँ कपडा वितरण गरेका थिए।
राजगंज ब्लक तृणमूल कांग्रेस अध्यक्ष अरिन्दम बनर्जी, राजगंज पंचायत समिति अध्यक्ष रुपाली दे सरकार, राजगंज ब्लक तृणमूल कांग्रेस अध्यक्ष सर्वानी धारा, पानीकौरी ग्राम पंचायत प्रमुख पापिया सरकार, सुखानी ग्राम पंचायत प्रमुख परिमल राय लगायत अन्य धेरै उपस्थित थिए।