सिलगढी: फुलबारी ब्यारेजबाट एक अपरिचित व्यक्तिको शव फेला परेको छ। सोमबार दिउँसो महानन्दाको नहरमा शव तैरिरहेको स्थानीयवासीले देखेका थिए। घटनाको जानकारी तुरुन्तै फासीदेवा पुलिसलाई दिइएको थियो। घटनास्थलमा पुगेको पुलिस टोलीले शव निकालेर पोस्टमार्टमका लागि पठाएको छ। तर, उनको परिचय भने खुलाइएको छैन।
