सिलगढीमा बिरयानीको मासुमा भेटियो कीरा, पाँच पक्राउ

IMG-20250331-WA0230

सिलगढी: सहरको लेकटाउनको एक प्रसिद्ध बिरयानी पसलमा बिक्री हुने बिरयानीको मासुमा कीरा भेटिएपछि ग्राहकमा त्रास फैलिएको छ।
नगरपालिकाको वार्ड नम्बर ३३ लेकटाउनमा रहेको बिरयानी (हाजी) पसलले सस्तोमा स्वादिष्ट बिरयानी बिक्री गर्ने गरेको छ। यहाँ शहरवासीहरू दिनभर बिरयानी खान भेला हुन्छन्। उक्त बिरयानी पसलमा रहेको मटन बिरयानीमा कीरा भेटिएको बताइएको छ।
राति ११ बजे एक ग्राहकले मटन बिरयानीका धेरै प्याकेट किनेर घर लगेको बताइएको छ। पछि परिवारका सदस्य खान गएपछि मासुमा कीरा देखे। उनले तुरुन्तै उल्टी गरे। धेरै मानिसहरू बिरामी महसुस गर्न थाले। दाेकानमा बिरयानी ल्याइएपछि पसलले यो कुरा अस्वीकार गरे। घटनाको जानकारी प्राप्त हुनासाथ स्थानीय नागरिक र ग्राहकमा आक्रोश फैलिएको छ । यो जानकारी एनजेपी पुलिस थानालाई दिइएको छ। एनजेपी पुलिस चौकीबाट सादा पोशाकमा गएका पुलिसले पहिले पूरै अवस्थाको निरीक्षण गरी दाेकानका पाँच जनालाई पक्राउ गरी पुलिस चौकीमा ल्याएको थियो।


यस्ता घटनाले महानगरपालिकामाथि भ्रष्टाचारको आरोप लाग्ने गरेको छ। महानगरपालिकाको खाद्य विभागले विगतमा पटकपटक खाद्यान्नको गुणस्तर जाँच गर्न पहल गरे पनि पछिल्लो समय यस्ता पहल विरलै हुने गरेको छ। तर, महानगरपालिकाको यस्तो लापरवाहीका कारण बिरयानी व्यवसायीले यत्रो हिम्मत पाइरहेका छन्? तर यसबारे विभिन्न क्षेत्रमा प्रश्न उठिरहेका छन्।
यता, महानगरपालिकाका उपमेयर रञ्जन सरकारले फोनमा भने, ‘सबै घटनाको अनुसन्धान भइरहेको छ र तत्काल कारबाही गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement