जलपाईगुडी: जलपाईगुडीमा क्षेत्रीय स्तरको खादी मेला सुरु भएको छ। प्रदेश सरकारका सम्बन्धित विभागका इन्चार्ज मन्त्री चन्द्रनाथ सिन्हाले सोमबार उद्घाटन गरेका हुन्।स्थानीय रवीन्द्र भवन परिसरमा यो मेला अप्रिल १६ सम्म चल्नेछ।मेलामा बिक्रेताहरुले साडीदेखि लिएर राज्यका विभिन्न जिल्लाबाट आएका डकरा गरगहना, मह, घिउ, खादीलगायतका विभिन्न वस्तुहरु राखेका छन।यसै सन्दर्भमा मन्त्री चन्द्रनाथ सिन्हाले देशको स्वतन्त्रतामा खादीले ऐतिहासिक भूमिका खेलेको बताए।

गान्धीजीले खादी कपडा प्रयोग गर्न अपील गरे र विदेशी कपडा बहिष्कार गर्न आह्वान गरे।विभिन्न जिल्लामा यस्ता खादी मेला आयोजना गर्नुको मुख्य उद्देश्य सर्वसाधारणमा खादीको अधिकतम प्रयोग गर्ने सन्देश दिनु रहेको छ।










