सिलगढी: डबग्राम फुलबारी विधानसभा क्षेत्रको साहुडांगी गोवा मोड क्षेत्रको सरकारी जग्गा तृणमूल कांग्रेसको समर्थनमा बिक्री भइरहेको छ। सो आरोप लगाउँदै भाजपाले शाहुडाँगी क्षेत्रमा राज्य मार्ग अवरुद्ध गरी विरोध प्रदर्शन गरेको छ। आइतबार भाजपाको डाबग्राम फुलबारी नम्बर १ मण्डल समितिले सडक जाम कार्यक्रम आयोजना गरेको थियो। सडक अवरुद्ध भएपछि उक्त सडकमा सवारी आवागमन पूर्णरुपमा ठप्प भएको थियो। सडकमा गाडीको लामो लाइन थियो। तृणमूलका नेताहरूले खुलेआम सरकारी जग्गा कब्जा गरेर बेच्दै आएकाले प्रशासनले तत्काल कडा कारबाही गर्नुपर्ने आन्दोलनकारीको आरोप छ। लामो समयसम्म सडक अवरुद्ध हुँदा सडकमा चरम ट्राफिक जाम भएको थियो।

पछि घटनाको खबर पाएर एनजेपी पुलिस चौकीबाट ठूलो संख्यामा प्रहरी टोली घटनास्थलमा पुगेर जाम गर्नेहरु सँग कुराकानी गरी सडक जाम हटाइएको थियो। पुलिसले आन्दोलनकारीसँग कुरा गरी कुनै गुनासो आएमा सम्पूर्ण विषयमा छानबिन गर्ने आश्वासन दिएको छ।