म्यान्मारमा विनाशकारी भूकम्पमा परी मर्नेको संख्या १६ सय नाघ्यो

IMG-20250330-WA0096

नयाँ दिल्ली: म्यान्मारमा गएको विनाशकारी भूकम्पपछि मर्नेहरुको संख्या बढेर १६ सय नाघेको छ। उपकरणहरुको अभाव, सञ्चार नेटवर्कको समस्या तथा सडक, पुल भत्किएका कारण जीवित व्यक्तिको खोजीमा बाधा पुगेको छ। 
भूकम्पले देशको सबैभन्दा ठूलो शहर मांडलेको अधिकांश भाग तहसनहस गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। उद्धारकर्ताले १२ मध्यम खाले अपार्टमेन्ट उधिन्दा ३० घण्टापछि एक महिलालाई जीवितै उद्धार गरेका छन्।
रेडक्रसका अनुसार अझै पनि ९० भन्दा बढी मानिसहरु त्यसरी फसेका छन्। नजिकैको बस्तीमा उद्धारकर्मीहरुले एक किन्डरगार्टनवाला भवनभित्र १२ प्रिस्कुल बच्चा तथा एक शिक्षकको शव भेटेका बताइएको छ। 
राष्ट्रसंघीय मानव सहायता एजेन्सीले सबैभन्दा ठूलो शहर यांगून, राजधानी पी ताव र मांडलेबीचको मुख्य राजमार्गमा ठूल-ठूला धाँजा फाटेका छन्, जसले सहायतामा व्यवधान खडा गरेको छ। मानव सहायता एजेन्सीले आवश्यक औषधि र स्वास्थ्यकर्मीसहितको चिकित्सा आपूर्तिको समेत कमी देखिएको जनाएको छ। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement