दालखोलाबाट एक महिलाको घाँटी काटिएको शव फेला

IMG-20250329-WA0199

 उत्तर दिनाजपुर: दलखोला पुलिस चौकी इलाकाको पलसास्थित खेतमा घाँटी काटिएको एक महिलाको शव फेला परेपछि क्षेत्रमा सनसनी मच्चिएको छ। मृतक महिलाको नाम मीरा सिंह हो। उनको घर पलसा क्षेत्रमा रहेको थाहा भएकाे छ।
स्थानीय स्रोतका अनुसार आज बिहान खेतमा काम गर्ने क्रममा स्थानीयले महिलाको शव फेला पारेको हो। यो खबर फैलिने बित्तिकै त्यहाँका मानिसहरु जम्मा हुन थाले। दलखोला पुलिस चौकीमा खबर गर्दा पुलिस घटनास्थल पुगे र शवर कब्जामा लिए। यद्यपी महिलाको हत्या कसले र के कारणले गरेको हो भन्ने खुल्न सकेको छैन। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement