काठमाडौं: गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकमा प्रहरीले गोली चलाउन समेत निर्देशन दिएको छ।
गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो। गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकमा गृहमन्त्री रमेश लेखक, गृहसचिव र सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए।
बैठकमा शाही समूहको अराजक कार्यसम्पादनको समीक्षा भएको थियो। जिल्ला प्रशासन कार्यालयले काठमाडौंका तीनकुने क्षेत्रदेखि मनोहरा पुलसम्म, गौशालादेखि नयाँ बानेश्वर शंखमुलसम्मका केही क्षेत्रमा कर्फ्यु जारी गरेको छ।
उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले स्थिति नियन्त्रणमा लिइएको बताए। प्रहरीलाई गोली चलाउन निर्देशन दिइएको छ। लुटपाटमा संलग्न व्यक्तिलाई विभिन्न माध्यमबाट छानबिन गरी कारबाही गरिनेछ।