उत्तर दिनाजपुर: करिब ६ लाख रुपैयाँको कृषि उपकरण पाएपछि उत्तर दिनाजपुरका चिया खेती गर्ने किसान खुसी भएका छन्। चिया बोर्डले उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर ब्लकको रामगञ्ज नम्बर १ ग्राम पञ्चायतको इलोबारी गाउँका चिया किसानलाई चिया बगानका विभिन्न काममा प्रयोग हुने करिब ६ लाख रुपैयाँ बराबरको उपकरण उपलब्ध गराएको हो। इलावाबारी नमुना साना चिया उत्पादक संस्थाले उक्त चिया बगानका उपकरण सदस्यहरुलाई हस्तान्तरण गरेको हो। सो अवसरमा ५० साना चिया किसान सम्मिलित इलोबारी चिया खेती उत्पादक संस्था नामक समूह गठन गरिएको थियो। चिया बोर्डको इन्डियन काउन्सिल (एनजीओ) का सदस्य पार्थ भौमिकले यी साना चिया किसानहरूले भविष्यमा अझ राम्रो रसायनरहित चिया उत्पादन गर्न सक्ने र साना चिया किसानहरूले संयुक्त रूपमा चिया कारखाना स्थापना गर्न सक्ने बोर्डको मुख्य लक्ष्य रहेको बताए।