टिस्टा पुलमा गाई बोकेको ट्रक र तरकारी बोकेको पिकअप एक आपसमा ठोक्किँदा तीन जना घाइते

IMG-20250327-WA0208

जलपाईगुडी: सिलगढी हुँदै असम जाने राष्ट्रिय राजमार्गमा आज एउटा दुर्घटना भएको छ। जलपाईगुडीको टिस्टा पुलमा बिहान ७ बजे गाई बोकेको ट्रक र तरकारी बोकेको पिकअप एक आपसमा ठोक्किँदा केही समय ट्राफिक जाम भयाे र यात्रुहरुले ठुलो समस्या भोग्नु पर्यो।
मैनागुडीबाट तरकारी बोकेको गाडी र विपरीत दिशाबाट गाई बोकेको गाडी एकआपसमा ठोक्किएको बताइएको छ। टिष्टा पुलको बीचमा भएको यो दुर्घटनामा तीन जना घाइते भएका छन्। यस दुर्घटनाका कारण मैनागुडीदेखि जलपाईगुडीको गोशोला चौराहसम्म ट्राफिक जाम भएको र सर्वसाधारणले समस्या भोग्नुपरेको त्यहाँका स्थानीयले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement