सप्तरीको सुरुङ्गा नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयको भवनको शिलान्यास

IMG-20250327-WA0276

काठमाडौं: सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकामा अवस्थित जनता माविको नयाँ भवनको आज नेपालका माननीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, सुरुङ्गा नगरपालिकाकी मेयर श्रीमती गीता चौधरी र काठमाडौंस्थित भारतीय दूतावासका सेकेन्ड सेक्रेटरी गरिमा नलियाले संयुक्त रुपमा शिलान्यास गरिएको छ। कार्यक्रममा राजनितिक प्रतिनिधि, सरकारी कर्मचारी, समाजसेवी, विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको समेत उपस्थिति रहेको थियो।
नेपाल-भारत विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक सहयोग:
भारत सरकारको सहयोगमा रु २ करोड ७६ ​​लाखको लागतमा जनता माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुन लागेको हो।
यस अनुदानमा तीन तले विद्यालय भवन र अन्य सुविधा निर्माण गरिनेछ। आयोजनालाई ‘हाइ इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी)’ को रुपमा ग्रहण गरी सुरुङ्गा नगरपालिका मार्फत कार्यान्वयन भइरहेको छ।
विद्यालयको बारेमा संक्षिप्त जानकारी:
जनता माध्यमिक विद्यालय सन् १९५१ मा स्थापना भएको हो।
यहाँ नर्सरीदेखि कक्षा १२ सम्मको अध्यापन हुन्छ।
विद्यालयमा लगभग ६सय विद्यार्थीहरू छन्, जसमध्ये ६०% छात्राहरू छन्।
नेपाली जनतामा भारतको योगदान:
मन्त्री, मेयर, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत सरोकारवालाले नेपालको शिक्षा र पूर्वाधारको विकासमा भारत सरकारको योगदानको प्रशंसा गरेका थिए।
उनले यस नयाँ भवनले विद्यार्थीलाई राम्रो शैक्षिक वातावरण उपलब्ध गराउन र यस क्षेत्रको शिक्षा प्रणालीलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
भारत-नेपाल विकास सहयोग अन्तर्गतका अन्य परियोजनाहरू:
२००३ देखि, भारत सरकारले नेपालमा ५६३ भन्दा बढी एचआइसिडिपि परियोजनाहरू सञ्चालन गरेको छ, जसमध्ये ४९५ परियोजनाहरू पूरा भएका छन्।
सप्तरी जिल्लाका ९ आयोजनासहित मधेश प्रदेशमा ८२ आयोजना छन्।
भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १ सय ९ एम्बुलेन्स र ३ सय स्कुल बस उपहार दिएको छ।
जसमध्ये मधेश प्रदेशलाई २२५ एम्बुलेन्स र ३४ वटा स्कुल बस र सप्तरी जिल्लालाई २४ एम्बुलेन्स र २ वटा स्कुल बस दिइएको छ।
भारत-नेपाल सम्बन्ध सुदृढ गर्दै भारत र नेपालबीच बहुआयामिक र व्यापक सहयोग छ। उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत, भारत सरकार नेपालमा प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास र जनताको उत्थान गर्न प्रतिबद्ध छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement