सिलगढी: सिलगढीमा इन्डियन आयल कर्पोरेशनको अगाडि रहेको अवैध तेल गोदाममा भीषण आगलागी भएको छ।
जानकारी अनुसार सिलगढीको वार्ड ३५ मा स्थित इन्डियन आयल कर्पोरेशनको अगाडि रहेको अवैध तेल गोदाममा बुधबार राति करिब ११ बजे अचानक आगलागी भयाे। स्थानीयले आगो देखेपछि तुरुन्तै सिलगढी दमकल विभागलाई खबर गरे।

तीनवटा दमकल र इन्डियन आयलको सहयोगमा करिब दुई घण्टामा आगो नियन्त्रणमा आएकाे स्थानीयहरुले बताए। यस आगलागीमा कुनै हताहतको खबर छैन।