इटहरी सेन्टर प्लाजामा लागेको आगलागी नियन्त्रण गर्न जाँदा सात जना घाइते

IMG-20250326-WA0210

काठमाडौं: सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा लागेको आगलागी नियन्त्रण गर्ने क्रममा बुधबार सात जना घाइते भएका छन्। यी सात जनामध्ये पाँच जना सुरक्षाकर्मी रहेका छन्।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार आगो अझै पूर्णरुपमा निभ्न सकेको छैन।
‘पाँच घण्टाअघिदेखि लागेको आगो अझै निभ्न सकेको छैन, पाँच सुरक्षाकर्मीसहित सात जना घाइते भएका छन्।
सशस्त्र प्रहरीका एसएसपी मनिष थापाको नेतृत्वमा नेपाली सेना र प्रहरीका ६ वटा दमकलसहित १ सय ५ जनाले आगो निभाउने प्रयास गरिरहेका छन्।
आगलागीमा फसेकामध्ये आठ पुरुष र तीन महिलाको उद्धार गरिएको छ। आगलागीमा फसेकाहरुको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर पनि पुगेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement