१० लाखभन्दा बढीको गाँजासहित एक पक्राउ

IMG-20250326-WA0193

कोचबिहार: एसटीएफले तस्करी गर्नु अघि गांजा बरामद गरेको छ। गोप्य स्रोतहरूबाट प्राप्त जानकारीको आधारमा, एसटीएफले बुधवार बिहान काेचबिहारको बाबुरहाट ब्रिज नजिकैको क्षेत्रमा एउटा पिकअप भ्यानमा खोजी गर्दा, त्यो पिकअप भ्यानबाट करिब ३५४ किलोग्राम गांजा बरामद भएको थियो।
कुल ३७ कार्टुनमध्ये यो गांजा तस्करीका लागि ओसारपसार हुँदै आएको थियो। भ्यान जफत गरिएको छ।
पुलिस स्रोतका अनुसार गांजा तस्कर गिरोह काेचबिहारको अकरहाट नजिकैको इलाकाबाट चिलाखानातर्फ गइरहेको थियो। पछि त्यहाँबाट गाँजा विभिन्न ठाउँमा तस्करी हुने गरेको पुलिसस्रोतले जनाएको छ।
पुलिस स्रोतका अनुसार यो गांजाको अनुमानित मूल्य १० लाखभन्दा बढी रहेको छ। काेचबिहार कोतवाली पुलिस स्टेशन र एसटीएफले यसको पछाडि गिरोह वा अरू केही छ कि भनेर अनुसन्धान सुरु गरेको छ। यस घटनामा पिकअप भ्यान चालक रिकु हुसेनलाई मारुगञ्ज इलाकाबाट पक्राउ गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement