जलपाईगुडी: डुअर्सको किलकोट चिया बगानमा आज फेरि वन विभागद्वारा बाख्रालाई चारा काे रूपमा राखे को खोरमाएउटा चितुवा थुनिएकाे छ।मेटेली ब्लकको किलकोट चिया बगानमा केही समयदेखि चितुवाको त्रास फैलिएको बताइएको छ। चितवा समात्नचिया बगानका बासिन्दाले खोरका लागि वन विभागमा निवेदन दिएको थिए। दुई दिनअघि चिया बगानको खण्ड ११ मा वन विभागले बाख्राको चारासहितको खोर राखेका थिए। र आज बिहान बाख्रा खान गएपछि चितुवा खोरमा फसेको वन विभागले बताए।खबर पाएर खुनिया टोलीका वनकर्मी घटनास्थलमा पुगेर चितुवाको उद्धार गरी लातागुडी प्रकृति अवलोकन केन्द्रमा लगे। प्रारम्भिक उपचारपछि चितुवालाई गोरुमारा जंगलमा छोडिने वन विभागले बताए।