नयाँ दिल्ली: यमनमा हुथी सशस्त्र समूहमाथि हुन लागेको अमेरिकी आक्रमणको पूर्वसूचना बाहिर आएको छ। अमेरिकी वरिष्ठ अधिकारीहरुबीच ग्रुप च्याट हुँदाहुँदै गोप्य योजना पत्रकारकोमा पुगेको हो।
अमेरिकी वरिष्ठ अधिकारीहरुबीच हुथी विद्रोही समूहविरुद्ध आक्रमणको योजनाबारे ग्रुपच्याटमा चर्चा भईरहेका बेला भूलवस एक पत्रकारलाई ‘एड’ गर्न पुगेको र योजनाबारे सूचना चुहावट भएको खबरमा उल्लेख छ।
च्याटमा हुथी समूहमाथि हुने सम्भावित अर्को आक्रमणको विस्तृत जानकारी थियो। द एटलान्टिक पत्रिकाका प्रधान सम्पादक जेफरी गोल्डबर्गले आफुलाई ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले ग्रुपच्याटमा समावेश गरेको बताए। यो घटना अन्जानमा भएको ह्वाइट हाउसले पुष्टि गरेको छ।