अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको मदारीहाट ब्लकको गरगेंडा चिया बगानका मजदुरहरूले विगत तीन महिनादेखि तलब पाएका छैनन्। पारिश्रमिक नपाउँदा चिया मजदुरहरू निकै दुःखी र चिन्तित छन्। आज तलब माग गर्दै मजदुरहरु सडकमा उत्रने निर्णय गरेपनि पुलिस प्रशासनले बिचमै रोकेको छ।

पीबीसीएमएस केन्द्रीय समितिका सदस्यहरू पनि त्यस ठाउँमा मजदूरहरुसंग पुगेका थिए।
अहिले बगानका प्रबन्धक र पुलिस अधिकारीबीच वार्ता भइरहेको छ।
बैठक अहिले पनि जारी छ ।