डुअर्स: चर्चित बलिउड निर्देशक, पटकथा लेखक, अभिनेता तथा निर्माता अनुराग बसु अहिले आशिकी ३ को सुटिङका लागि डुअर्समा छन्। आइतबार साँझ मटियाली पञ्चायत समितिका अध्यक्ष हुसेन हबिबुल हसनले चाल्सामा रहेको एक विलासी निजी होटलमा बसेका अनुराग बसुलाई स्वागत गरे। अनुराग बसुले बलिउड फिल्म बर्फीका लागि २०१२ मा उत्कृष्ट निर्देशकको फिल्मफेयर अवार्ड जितेका थिए। यसअघि उनले सन् २००७ मा फिल्मफेयर अवार्डमा उत्कृष्ट पटकथाको अवार्ड पाएका थिए।डुवर्समा बलिउड फिल्म आशिकी ३ को सुटिङ भइरहेको बताइएको छ। बलिउड अभिनेता कार्तिक आर्यन र अन्य कलाकार तथा अभिनेत्रीहरु पनि सुटिङमा आउने बताइएको छ।