अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको भाटपारा चिया बगानमा तीनवटा चितुवाका बच्चाहरू फेला परेकाे छ। सोमबार, चिया कामदारहरूले भाटपारा चिया बगानको सेक्शन नम्बर २३ मा यी बच्चाहरू देखे। त्यसपछि, वन विभागका अधिकारीहरूलाई जानकारी दिइयो।
चितुवाका बच्चा हेर्न स्थानीय बासिन्दाहरुकाे भीड लागेकाे थियाे।
वन कर्मचारीहरू घटनास्थलमा पुगेर ती बच्चाहरूलाई उद्धार गरे। हाल, वनकर्मीहरूले तीनवटा बच्चालाई आफ्नो निगरानीमा राखेका छन्।