लुटपाटमा संलग्न तीन अपराधी पक्राउ

photocollage_202532418836941

सिलगढी: प्रधान नगर थानाको पुलिसले आइतबार राति प्रधान नगर थाना अन्तर्गत हिमाचल काँलोनीमा लुटपाट गर्ने नियतले धेरै बदमाशहरू भेला भएको जानकारी पाए।
खबर पाएलगत्तै सादा पोसाकमा पुलिस टोलीले सो क्षेत्रमा छापा मारे। पुलिस कारवाही दाैरान केही अपराधी भाग्न सफल भए पनि तीनजना पक्राउ परेका छन्। पक्राउ परेका अभियुक्तहरूको पहिचान अजित साहनी (२३), गोपी बराई (२२) र टुन्टुन पासवान (२१) को रूपमा गरिएको छ।
पक्राउ परेकाहरुको साथबाट लुटपाटमा प्रयोग हुने विभिन्न उपकरण बरामद भएको छ। पक्राउ परेकाहरुलाई सोमबार सिलगढी अदालतमा पेश गरी बाँकीको खोजी सुरु गरेको पुलिसले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement