बिहान टहल्न निस्केका एक व्यक्तिको सडक दुर्घटनामा मृत्यु

IMG-20250323-WA0187

कोचबिहार: कोचबिहार जिल्लाको तुफानगञ्ज नगरपालिकाको वार्ड नम्बर ४ को कमरपट्टी मोड क्षेत्रमा बिहान ७ बजे भएको दु:खद सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षीय राजेश्वर शर्मा रहेका छन्।  स्थानीयवासीका अनुसार उक्त व्यक्ति हरेक दिन बिहान सबेरै उठेर सडकमा हिँड्ने गरेको छ। आइतबार घरबाट टहल्न निस्किएपछि बाहनले ठक्कर दिँदा टाउकोमा चोट लागेको थियो र घटनास्थलमै मृत्यु भएको स्थानीयहरुले बताए। छिमेकीहरू ब्यूँझँदा बाटोमा टाउको कुचिएको अवस्थामा पुरुषको शव देखे। पुलिसलाई खबर गरेपछि पुलिसले आएर शव बरामद गरे। तर, ठुलो गाडीले ठक्कर दिँदा उक्त व्यक्ति लडेर गाडीले टाउको माथिबाट कुल्चेर हिडदा टाउको फुटेको छिमेकीको अनुमान छ। जसका कारण उनको घटनास्थलमै मृत्यु भएको हो। उक्त सडकबाट दैनिक बिहान बालुवा र ढुङ्गा बाेकेकाे ट्रक र डम्पर अवैध रुपमा गुज्रने गरेको र त्यसैबेला ठूलो गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको पनि छिमेकीले बताएका छन्। शव बरामद गरी पोष्टमार्टमका लागि पठाएको पुलिसले जनाएको छ। सीसीटीभी फुटेज संकलन गरी गाडीको पहिचान गर्ने प्रयास भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement