विधानसभा चुनाव अघि नै सरकार पक्ष र प्रतिपक्षले सुरु गरे चुनावी अभियान 

photocollage_202532322316398

सिलगढी: विधानसभा चुनाव आउन अझै एक वर्ष बाँकी छ, तर त्यसअघि नै सिलगढीमा सत्तारुढ दलदेखि प्रतिपक्षसम्म सबै चुनावी मैदानमा उत्रिएका छन्।एकातिर मेयर गौतम देव बिहान ७ बजे वार्डमा गएर प्रदेश सरकारका विकासका कामहरू इलाकाका नगरवासी समक्ष प्रस्तुत गरिरहेका छन् भने अर्कोतिर विपक्षी दलका तर्फबाट सिलगढीका विधायक शंकर घोषले केन्द्रीय आयोजनासँगै आफूले गरेका विकासका काम नगरवासीलाई सुनाइरहेका छन्।सत्तारुढ दलदेखि प्रतिपक्षसम्म सबैले बिदाको दिन आइतबार बिहानै जनसम्पर्क गर्दै नगरवासी सामु आफ्नो धारणा राखेका छन्। सिलगढीका मेयर गौतम देब र वार्ड काउन्सिलरले सिलगढीको वार्ड नम्बर २० का विभिन्न क्षेत्रमा जनसम्पर्क गरे। क्षेत्रको विकास र यस क्षेत्रमा के आवश्यक छ भन्ने सबै विषयमा नगरवासी समक्ष जाँदैछन्। यसअघि उनले ४७ वार्डमध्ये ११ वटा वार्डमा यस्तै जनसम्पर्क गरेका थिए। शनिबार र आइतबार उनले वार्ड नं. २० का विभिन्न क्षेत्रमा जनसम्पर्क कार्यक्रम आयोजना गरे। यससँगै उनले वार्ड नं. १९ को राणा बस्तीमा गएर त्यहाँका झूपड़ीवासीले भोग्नुपरेका विभिन्न समस्याका बारेमा प्रकाश पारेका थिए। उनले पहिले सो क्षेत्रमा गान्धी मेमोरियल हिन्दी स्कुलको गेट अगाडि बनेको शौचालय र फोहोर फाल्ने कामप्रति असन्तुष्टि जनाएका थिए।  सो अवसरमा मेयर गौतम देवले भने, ‘मनुषेर काछे चलो’ अर्थात ‘नागरिकमा जाऔ’ अभियानको १२औं संस्करण हो। यसअघि ११ वार्डहरुमा यो काम गरेको थिएँ। हामीले हिजो राति ११ बजेसम्म वार्ड नं. २० का नागरिकका लागि कार्यक्रम राखेका थियौं। हिजो राती हामी वार्डमा थियौं। आज बिहानैदेखि फेरी सडकमा आएको छु र मान्छे हरुकाे गुनासो सुनिरहेको छु। यस क्षेत्रका नागरिकका धेरै गुनासो छन्, छिट्टै समस्या समाधान हुन्छ।शंकर घोषले उनको छेउमा रहेको वार्डमा जनसम्पर्क गरिरहेको छ भनी सोध्दा उनले जवाफ दिए, ‘त्यसलाई छोडिदिनुहोस्, गाडीबाट बालुवा फाल्ने शक्ति पनि छैन।यता शंकर घोषले छिमेकी वार्डका नागरिकसँग क्षेत्रका समस्याबारे कुरा गरेका छन्। यसै क्रममा शंकर घोषले कतै पनि काम नदेखिएको बताए। ‘उहाँ सहरको मेयर हुनुहुन्छ, टक टु मेयर कार्यक्रम आयोजना गर्नुहुन्छ र म नगरवासी माझ काम गर्छु’ घोषले भनेे।मेयरको प्रश्नको जवाफमा घोषले यति अहंकारी हुनु राम्रो नभएको बताए। सिलगढी सहरलाई नर्क बनाइसकेको छ, उनी पाइलट भ्यान लिएर सहरभर घुमिरहेका छन्। केही सडक बाहेक उनको गाडी जताततै जान नसक्ने भएकाले उनी ठूलो कार लिएर हिडिरहेका छन्, घोषले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement